अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

जस्टिन बीबर महिला शौचालय छिरेपछि……

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १९:०४ मा प्रकाशित

काठमाडौँ, चर्चित गायक जस्टिन बीबर महिला शौचालयबाट निस्कँदै गरेको फोटो सार्वजानिक भएको छ । जस्टिन अमेरिकाको चर्चित फास्टफुड चेन रेस्टुरेन्ट ‘टाको बेल’ स्थित महिला शौचालयमा छिरेका हुन् ।

अहिले जस्टिन महिला शौचालयाबाट बाहिर निस्कँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल छ । गत अप्रिल १९ मा फोटोपत्रकारले महिला शौचालयाबाट निस्कँदै गरेको उनको फोटो क्यामेरामा कैद गरेका हुन् ।

जस्टिन किन महिला शौचालयमा छिरे ? के उनी अन्य पुरुषका अगाडि पिसाब फेर्न चाहँदैनन् वा पुरुष शौचालय प्याक भएका कारण उनले महिला शौचालय प्रयोग गरे ? भन्ने कुरा खुलेको छैन । जस्टिन फोटोमा गम्भीर देखिन्छन् । सायद, उनलाई गल्ती गरेको महसुस भएको हुन सक्छ । उनी झुक्किएर महिला शौचालयमा छिरेको हुन सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द हलिउड लाइफले लेखेको छ । जेहोस्, स्वादिष्ट परिकारका लागि प्रसिद्ध टाको बेलमा बाइबरलाई ज–जसले देखे उनीहरू खानाको स्वादसँगै विश्व चर्चित सेलेब्रिटीसँग भेट्न पाउँदा थप हर्षित भएको हुनुपर्छ । 

प्रतिक्रिया