अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

मातृदिवसको अवसर पारेर शिशिर योगीको आमा सार्वजनिक

कृष्ण भुसाल, काठमाडौँ २०७५ वैशाख ३ गते ८:४७ मा प्रकाशित

गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको सङ्गीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सोमवार राजधानीको महराजगंज स्थित एमवेस्डर रेस्टुरेन्टमा वरिष्ठ अधिबक्ता तथा गायक, गीतकार तथा सङ्गीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो । मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा भीमार्जुनले शिशिर योगीको स्वरमा जादु रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै सशक्त रहेकोले गीत निकै राम्रो बनेको बताए । गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा आमा भन्ने शब्द सबैभन्दा प्रिय शब्द रहेको बताउँदै शिशिरको स्वर र बीबी अनुरागीको सङ्गीतमा गीत राम्रो बनेको र गीतको भिडियो पनि मन छुने बनेको बताए ।

मिलापका सम्पादक कृष्ण भुसाल, भकारी एमडीसीका अध्यक्ष तथा गीतकार वसन्त वित्यासी थापालगायतले आमा गीतका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । गायक शिशिर योगीले यो गीत गाउँदा आफू धेरै चोटि भक्कानिएको बताउँदै सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरे पनि गाउँन नसकेको छैन भने । भिडियो सार्वजनिक हुँदा उपस्थित सबै दर्शकका आँखा रसाएका थिए ।

सञ्जय पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा सरोज खनाल, रश्मि भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ । चक्र महर्जनको छायाङ्कन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित सामग्रीहरू