अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

हङकङमा कबिता सुनाउन जाँदै वर्ष कवि चन्द्र

कृष्ण भुसाल, काठमाडौँ २०७४ चैत १३ गते २२:०१ मा प्रकाशित

राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान चुम्न सफल चर्चित कवि चन्द्र रानाहँछा कविता सुनाउन हङकङ जाने भएका छन् । एक्स गोर्खा समाज हङकङको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । अप्रिल १ मा एक्स गोर्खाद्वारा आयोजित वृहत् खुकुरी साँझमा सङ्गीतका माहोलबीच उनले आफ्ना उत्कृष्ट कविता प्रस्ततगर्ने छन् भने दोस्रो दिन साहित्यिक साझा शृङ्खला हङकङको आयोजनामा उनी गुञ्जिने भएका छन् । आगामी अप्रिल २ गते बगैँचा पार्टी प्यालेस जोर्डन हङकङमा उनले एकल कविता वाचन गर्दैछन् । 

मनमा आँधी चलेपछि (कवितासङ्ग्रह २०६७), भाउजू लडेको भिर (कथासङ्ग्रह २०६८, थिबिया चराको गीत (कवितासङ्ग्रह २०७१) साथै राष्ट्रिय कविता महोत्सव प्रथम (नेपाल प्रज्ञा प्रतिष्ठान २०७४) र अन्य विभिन्न पुरस्कार र सम्मानले अभिनन्दन भइसकेका कथाकार कवि चन्द्र रानाहँछाको हङकङ साहित्यिक साझा शृङ्खलाको आयोजनामा विश्व नेपाली साहित्य महासङ्घ हङकङ च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज शाखा हङकङ, नेपाली साहित्य प्रतिष्ठान हङकङ र आदिवासी जनजाति साहित्य समूह हङकङको सह प्रायोजनमा कार्यक्रम हुन लागेको हो । ‘नेपालमा धेरै एकल कविता वाचन गरे पनि देश बाहिर यो मेरो पहिलो वाचन हो, एकदमै उत्साहित छु’, चन्द्रले भने ।