अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

पर्वत स्टार २०७५को उपाधि बिबिषा पाण्डेलाई

कृष्ण भुसाल, काठमाडौँ २०७५ भदौ २३ गते ६:५० मा प्रकाशित

पर्वत स्टार २०७५को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी (हाल स्याङ्जा वालिङ) बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् ।

सोनी फिल्मस् प्रा.लि.को आयोजनामा भएको पर्वत स्टार २०७५ खुल्ला नृत्य प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृति चपागाईले चुम्न सफल भइन भने तेस्रो स्थान विहादी गाउँपालिका रानीपानीकी सृष्टि सुनुवार र सान्त्वना पुरस्कार स्याङजा ग्लायाङकी लोचन आलेले हात पारिन ।

कार्यक्रममा त्यस्तै टपटेनका अन्य विजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मस् बाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ ।

१८ जिल्लाबाट १ सय ५०जनाले सहभागिता जनाएको उक्त प्रतियोगिताको निर्णायकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शङ्कर रहेका थिए ।

मनोरञ्जनात्मक कार्यक्रम सहित समापन भएको कार्यक्रमको प्रमुख अतिथिमा पर्वतका सभासद् पदम गिरी, विशेष अतिथिमा पर्वतकै पूर्व सभासद् अर्जुन जोशी, उत्तम केसी, लय संग्रौला, रिषिकेश तिवारी, राजेन्द्र तिवारी, सुन्दर भुसाल थिए भने अतिथिमा सिता बिके सुनुवार, विक्रम लोहनी, चोक बहादुर सुनार, तिलकबहादुर कुँवर, प्रकाश पाण्डे, रमेश सुनुवार, दीपेन्द्र लोहनी, केशवराज चापागाईंलगायतका रहेका थिए ।

गाउँ गाउँमा रहेका प्रतिभाहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक प्रेम सोनी सुनारले बताए । नारायण विश्वकर्मा र सन्तोषी सुनारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । 

सम्बन्धित सामग्रीहरू