अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

अदालतद्वारा सलमान खानलाई जमानत रिहा गर्न अनुमति

बिआरटीनेपाल २०७४ चैत २४ गते ९:२९ मा प्रकाशित

जोधपुर, भारत। भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको सिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको  छ ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेता सलमान खानका वकिल महेश बोहराले भन्नुभयो, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिवार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीबार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो । 

प्रतिक्रिया