अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

चलचित्र शत्रु गते हेर्न नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ

बिआरटीनेपाल २०७४ चैत २३ गते १०:४३ मा प्रकाशित

काठमाडौँ, सधैँ राजनीतिक बैठक र कार्यक्रममा व्यस्त हुने दुई नेता आज साँझ नेपाली चलचित्र ‘शत्रु गते’ को दर्शक बनेका छन् । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ बागबजारस्थित सिटी म्याक्समा पुगेर नेपाली चलचित्र ‘शत्रु गते’ हेरेका हुन ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले चलचित्र सामाजिक परिवेशलाई आधार बनाएको हुनाले राम्रो सन्देश दिएको बताउछन । उनले चलचित्रले दाइजो प्रथा, घरछिमेकी सँगको सम्बन्धबारे जान दिएको बताएका छन् । आफू राम्रो सामाजिक घटना प्रधानका चलचित्र हेर्न गरेको बताउँदै नेता नेपालले ‘शत्रु गते’ पनि राम्रो सुनेर हेर्न आएको भने ।

केन्द्रका नेता श्रेष्ठले चलचित्रबारे राम्रो सुनेकाले हेर्न आएको बताए । ‘‘चलचित्रका बारेमा बाहिर पनि राम्रो सुनेको थिएँ,’’ उनले भने, ‘‘माधवजीले पनि हेर्न जाऔँ भन्नुभयो । चलचित्र हेर्दा सामाजिक विषयवस्तुमा राम्रो देखाइएको पाएँ ।’’ दुई नेतासँग प्रदेश सांसद पशुपति चौलागार्इं, रचना खड्का, मञ्जु यादव र युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तसमेत पुगेका थिए । 

प्रतिक्रिया