अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

प्रधानमन्त्रीको भारत भ्रमणमा महानायक राजेश हमाल र दिनेश डिसी सहभागी हुने

बिआरटीनेपाल २०७४ चैत १९ गते १०:२२ मा प्रकाशित

गत शुक्रबार कलाकारलाई दिएको बचन प्रधानमन्त्री केपी शर्मा ओलीले पुरा गरेका छन् । शुक्रबार राजधानिमा आयोजित ‘दोस्रो फान अवार्डमा’ यसपटकको आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि सहभागी गराउँछु भनी दिएको बचन अनुसार प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा महानायक राजेश हमाल र सञ्चार तथा कलाकर्ममा लोकप्रिय दिनेश डिसीलाई सहभागी गराउने भएका हुन् ।

चैत २३, २४ र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छिमेकी देश भारतको राजकीय भ्रमण गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नै ब्यक्तीगत खर्चबाट कलाकार र चलचित्र पत्रकारका लागि दिवाभोजको आयोजना गरेका प्रधानमन्त्री ओलीले भारतिय कलाकारलाई नेपाल बोलाएर नेपाली कलाकर्मीसंग अन्तरकृया गर्ने बताएका थिए ।

कलाक्षेत्रको बिकासकाका लागि आफ्नो तर्फवाट सक्दो पहल गर्ने बताएका ओलीले यस पटकको भारत भ्रमणमा बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रतिक्रिया