अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

‘कृ’बाट ‘उकालीमा अघिअघि’ शब्द हटाएर ‘ढुकढुकी बढ्छ मेरो’ राखियो (भिडियो)

बिआरटीनेपाल २०७४ चैत १८ गते ५:३६ मा प्रकाशित

पुरानो चलचित्र सम्झना भित्रको गीत उकालीमा अघि अघि चलचित्र कृ युनिटले हटाएर नयाँ शब्दमा गीत सार्वजनिक गरेको छ । निर्देशक शम्भु प्रधानले कृ का निर्मातालाई गीत चोरीको आरोप लगाएर ११ लाख लिएपछि उक्त बिबादित २ हरप गीतको ठाउँमा ‘ढुकढुकी बढ्छ मेरो’ शब्द राखेर हाइलाइट्स नेपालको युटुव च्यानल मार्फत आज सार्वजनिक गरिएको हो ।

‘उकालीमा अघिअघि’ भन्दा अगाडि नै संगीतकार तथा गायक अल्मोडा राना उप्रेतीले तयार पारेको यो गीतलाई केही फरक बनाउनका लागि ‘ढुकढुकी बढ्छ मेरो’ शब्दको ठाउँमा ‘उकालीमा अघिअघि’ वाक्य थपिएको थियो ।
पछिल्लो समय गीतले आलोचना र जरिवाना समते तिर्नु परेपछि कृ युनिटले यस गीतका गायक तथा संगीतकार अल्मोडाकै आवाजमा अल्मोडा राना उप्रेती र सविन एकतारेको शब्दको पुरै गीत जुन पहिले ‘उकालीमा अघिअघि’ का लागि हटाईएको थियो त्यो शब्द सहितको गीत फेरी युटुवमा राखिएको हो ।

प्रतिक्रिया