अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

बॉलिवुड अभिनेत्री श्रीदेवीको दुबईमा निधन

बिआरटीनेपाल २०७४ फागुन १२ गते १६:०२ मा प्रकाशित

बॉलिवुड अभिनेत्री श्रीदेवीको दुबईमा हृदयघाट (कार्डियक अरेस्ट) बाट मृत्‍यु भएको छ । उनी ५५ वर्षकी थिइन । उनलाई हिन्दी चलचित्रको पहिलो महिला सुपरस्टार पनि भन्ने गरिन्छ । उनलाई २०१३ सालमा पद्मश्रीबाट सम्मान गरिएको थियो । श्रीदेबीकी श्रीमान् बॉनी कपूरको भाइ तथा अभिनेता सञ्जय कपूरले यो कुराको पुष्टि गरेका हुन । राती ११- ११:३० तिर श्रीदेबीको मृत्‍यु भएको हो । श्रीदेवीका श्रीमान् बॉनी कपूर तथा सानी छोरी खुशीसंग मोहित मारवाहको विवाह समारोहमा भाग लिन दुबई गएकी थींइन । उनको निधनको खबर सुनेर श्रीदेबिका फ्यानहरु मुंबईमा उनको घर अगाडि जमा भइरहेका छन् । श्री देवीको जेठी छोरी जाह्नवी बम्बैमा नै छिन । उनी शूटिंगको कारणले परिवारसँग दुबई गइनन् ।

बॉलिवुडका अन्य कलाकारहरूले श्रीदेवीलाई सोसियल मेडिया मार्फत श्रद्धाञ्जली दिन थाली सकेका छन् । नायिका प्रियंका चोपड़ा ट्वीट गर्छिन्, ‘ मसँग केही शब्द छैन । श्रीदेवीलाई माया गर्ने सबै प्रति सम्बेदना । यो कालो दिन । भगवान् उनको आत्माको शान्ति देओस् । 

 

प्रतिक्रिया