अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

रक्की माउटेन फ्रेन्डस अफ नेपालले अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिता गर्दै

बिआरटीनेपाल २०७४ फागुन ६ गते २३:२४ मा प्रकाशित

अमेरिकामा सक्रिय नेपाली संस्था रक्की माउटेन फ्रेन्डस अफ नेपालले अमेरिकाको कोलोराडोमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । कोलोराडो बस्ने र अध्ययनरत मीडल स्कुलका नेपाली विद्यार्थीहरूलाई अनुसन्धान गर्नमा प्रोत्साहित गराउने र नेपालबारे ज्ञान दिलाउने उद्येश्यले आयोजना हुन लागेको हाजिरी जवाफ प्रतियोगिता यही फेब्रुअरी २४ तारिखका दिन ब्रुमफिल्ड लाइब्रेरीमा हुने भएको हो ।

दिनको १२ बजे सुरु हुने यो कार्यक्रम ६ महिना सम्म चल्नेछ । प्रत्येक महिना हुने यस मासिक कार्यक्रममा प्रतियोगीको हरेका चरणका अंकहरु जोडिने छन् र जुन समूहले बढी अङ्क ल्याउँछ त्यहीँ नै विजयी हुनेछ ।

कोलोराडो बस्ने र मीडल स्कुल अध्ययनरत नेपाली बिद्यार्थीहरुका लागि मात्र आयोजना हुन लागेको यी प्रतियोगीहरुमा सहभागीहरूलाई अध्ययन पाठ्य सामग्री, प्रश्न-उत्तर, नियम लेखन कार्य यस कार्यक्रमका सल्लाहाकारहरु डा. विजय राज शर्मा, मुकुन्द अधिकारी, धना पौडेल र डा. संगीता श्रोत्रिया गरिरहनु भएको छ भने कार्यक्रम सम्पन्न गर्नका लागि कार्यक्रमको निर्देशिका तयारी र प्राविधिक पक्ष गीता चक्रवर्ती र प्रज्ञा घटराजले कार्य गरी रहनु भएको छ ।

३ देखी ५ जनाको सङ्ख्यामा सहभागिता गराइने यस प्रतियोगिताबाट डोनेशन बापत हरेक महिना सहभागीबाट १० डलर लीईने छ । साथै, सहभागीहरूको संरक्षक वाहेको प्रतियोगितामा उपस्थित हुनु हुनेहरुलाई पनि डोनेशन बापत ५ डलर लिइने छ ।

Venue:
Mamie Doud Eisenhower Public Library,
3 Community Park Rd,
Broomfield, CO 80020

प्रतिक्रिया