अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार

बिआरटीनेपाल २०७४ माघ २८ गते ०:५२ मा प्रकाशित

पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ’शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । फिल्म युनिट टिजरलाई हलमा मात्र रिलिज गरेका छन् । सार्वजनिक गीत रुपै मोहनी र पिरतीको बर्कोले राम्रो चर्चा बटुलिरहेको छ । पिरतीको बर्को ट्रेण्डिङमै रहिरहदा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो ।

प्रदर्शनरत फिल्म ’कृ’ हेर्ने दर्शकलाई ’शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएका छन् । डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यसफिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

प्रदीप भट्टराई , निर्देशक – हामीले टिजरलाई हलमा रिलिज गरेका छौ । यसला हेरेर धेरैले सामाजिक सञ्जाल मार्फत फिडब्याक दिईरहनु भएको छ । पहोलो प्रतिक्रिया हलमा आउने दर्शकबाट लिन चाहन्थ्यौ , त्यसैले हलमा रिलिज गरेका हौ । फिल्ममा हामीले सोसल ड्रामासंगै मनोरंजन पनि पस्केका छौ । सार्वजनिक टिजरमा क्यारेक्टर लुक्स र फिल्मको कथासारलाई केहि हदसम्म प्रस्तुत गरेका छौ ।

किरण केसी , प्रस्तुतकर्ता – हामी फिल्मको प्राविधिक कर्यम्मा व्यस्त छौ । विदेशमा फिल्म रिलिज हुने डेट लगभग तय भईसकेको छ भने नेपालमा चैत्र ९ गते आउदैछौ । हामीले हलमा रिलिक गरेको टिजरबाट प्राप्त फिडब्याकले उत्साहित भएका छौ । दर्शक र फिल्मकर्मीले हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्नो प्रतिक्रिया दिईरहनु भएको छ । ‘कृ’संगै शत्रु गते सप्राइज पनि थियो ।

प्रतिक्रिया