अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

नेपाली चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ९ गते १४:२५ मा प्रकाशित

नेपाली चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अहिले सम्म २ गीत सार्वजनिक भई सकेको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतीक्षामा थियो ।

फागुन ४ अर्थात् फेब्रुवरी १६ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रड्युसरमा श्वेता खड्का र सैलेश खड्का हुन । श्वेताले चलचित्रमा ‘कान्छी’को भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा नायकको भूमिकामा दयाह्याङ राई छन् । चलचित्रमा निर शाह, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जय नन्द लामाको पनि अभिनय छ । चलचित्रका निर्देशक आकाश अधिकारी हुन् ।  कार्यक्रममा निर्देशक अधिकारीले दर्शक र फिल्मबिच पुलको भूमिका निर्वाह गरिदिन पत्रकारहरूमा अनुरोध पनि गरे । ‘चलचित्र कान्छी भन्ने बित्तिकै, श्वेता कान्छीको रूपमा जन्म लिएर आइरहेकी छिन् उनले भने ।

फिल्मको सम्पूर्ण छायाङ्कन मुस्ताङको लेतेमा गरिएको हो । श्वेताको कोहिनुरपछी कमब्याक फिल्म हो ‘कान्छी’ ।  ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन, शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको सङ्गीत रहेको छ । चलचित्रको नृत्य निर्देशक वसन्त श्रेष्ठको रहेको छ । काया फिल्म्स प्रा .लि र बुम रेमिटको ब्यानार निर्मित यस फिल्ममा यम थापाको कथा, रामशरण कोइरालाको सहायक निर्देशन, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा समावेश चरी चट्ट परी बोलको गीत दर्शकमा अहिले हिट छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया