अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

निखिल उप्रेतीको ‘पिंजडा ब्याक अगेन’को पछिल्लो दुई दिनको बिजनेस ६६ लाख (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ७ गते ४:४७ मा प्रकाशित
प्रदर्शनरत फिल्म ‘पिंजडा ब्याक अगेन’ निर्माण टिमले पहिलो (शुक्रबार र शनिबार) दुई दिनको बिजनेस तथ्याङ्क सार्वजनिक गरेको छ । वितरक गोपालकाजी कायस्थबाट प्राप्त विवरण अनुसार फिल्मले पछिल्लो दुई दिनमा ६६ लाखको बिजनेस गरेको छ ।
फिल्मले शुक्रबार राजधानीमा १२ लाख र शनिबार २६ लाखको बिजनेस गरेको कायस्थले बताए । शनिबार राजधानीमा सिंगल स्कृन हाउसफूल बनेका थिए । दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा शिर्पाली दर्शकबाट घेरिएका थिए । 
दर्शक भेट्न हलमा पुगेका निखिल र साराले दर्शकको साथबाट खुशी व्यक्त गरे । फिल्म हेर्ने दर्शकले जुन प्रकारको प्रतिक्रिया दिनु भयो त्यसबाट सन्तुष्ट छौँ, दुबैको भनाइ छ, ‘एउटा कलाकारको सफलता भनेको नै दर्शकको मन जित्नु हो ।’
यस्तै मोफसलबाट दुई दिनमा २८ लाखको बिजनेस गरेको जानकारीमा छ । माघ महिनाको चिसोको प्रभाव हलमा देखिएको छ । ‘चिसोकै कारण बिहानी शोज मा दर्शकको उपस्थिती उल्लेख्य रहेन्, तर दिवा शोज मा भने दर्शकबाट ‘पिंजडा ब्याक अगेन’लाई साथ मिलेको छ बिजनेसबाट सन्तुष्ट छु, निर्देशक हिमाल केसीले भने ।
फिल्मले हेर्ने दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । पछिल्लो पटक रिलिज निखिल स्टारर फिल्मले भन्दा राम्रो रिभ्यू यो फिल्मले पाएको छ । वर्ड अफ माउथ राम्रो मिलेको कारण शनिबार पछिका दिनमा पनि दर्शकको साथ मिल्दै जाने विश्वास निर्माण टिमले लिएको छ । एक्सन प्याक फेमिली ड्रामा दर्शकको रोजाईमा परेको छ ।
श्रीराम बरालको प्रस्तुतीमा तयार फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्मातामा छन् । सौरभ लामाको छायाँकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा,  प्रदिप दाहाल, पुकार भट्टराइ, कुशाग्र भट्टराई, सुन्दर श्रेष्ठ लगायत लिड रोलमा छन् ।
(उल्लेखित तथ्याङ्कमा मोफसलमा बिहिबार रिलिज भएको फिल्मको उक्त दिनको बिजनेस विवरण जोडिएको छैन् ।)

प्रतिक्रिया