अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

डेनभरमा गायक पुरुषोत्तम न्यौपानेको एकल साँझ हुँदै (प्रवेश नि:शुल्क)

बिआरटीनेपाल २०७४ साउन ४ गते २३:१६ मा प्रकाशित

सरर पानी घट्टमा, श्रीखण्ड चन्दन, ऐना हेरेर, झिलभिल सितारा, त हिँडे पोखरा माया हिड्यो दाङको बसैमा, मिर्मी मुनि काली थुनेको, फुलको वासना, रुन्छ नि मन किन रुँदैन, घाम जस्तो चम्किलो जुन हुँदैन लगायतका सयौँ गीतमा आफ्नो आवाज दिएका गायक पुरुषोत्तम न्यौपानेले कोलोराडोमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् । आउँदो जुलाई २३ तारिकका दिन याक एन्ड एती रेस्टुरेन्टको आयोजनामा अमेरिकाको कोलोराडो स्थित वेष्ट मिनिस्टरमा हुने पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ २०१७ नाम दिइएको सो कार्यक्रममा गायक न्यौपानेले आफ्नो प्रस्तुति दिने भएका हुन् ।

२०४६ सालबाट औपचारिक सङ्गीत यात्रा सुरु गरेका गायक न्यौपानेका अमेरिकाबासी नेपाली प्रंशसकले उनको एकल साँझलाई उत्साहका रूपमा लिएका छन् । वेष्ट मिनिस्टर स्थित याक एण्ड यति रेस्टुरेन्टमा आइतबार २३ जुलाईका दिन साँझ ७ बजेबाट ९ बजे सम्म चल्ने उनको प्रस्तुति हेर्नका लागि आयोजकहरुले नि:शुल्क प्रवेशको व्यवस्था गरेका छन् । टिकट काटेर जानु नपर्ने भएकाले पनि उनको प्रस्तुति हेर्न आउने दर्शकहरुको सङ्ख्या अत्याधिक हुन सक्ने अनुमान गरिएको छ । फ्रि ईन्ट्रीसँगै फ्री डिनरको पनि व्यवस्था गरिएको पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ २०१७ को प्रत्यक्ष प्रसारण अनलाइन मिडिया बिआरटी नेपाल डटकमबाट हुने भएकाले कार्यक्रममा उपस्थित हुन नपाउनेहरुले पनि उनको एकल साँझ हेर्न पाउने छन् । यसरी नेपालबाट आएका कलाकारलाई सहयोग गर्न पाएकोमा हामी खुसी छौ, याक एन्ड यती रेस्टुरेन्टका वनर दिनेश भट्टराई बिआरटी नेपालसँग भन्छन् । 

गायक न्यौपानेको प्रस्तुति हेर्न दर्शकहरु उत्साहित हुनुको अर्को पक्ष यो पनि हो की गायक पुरुषोत्तम न्यौपाने नै हुन् जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गरे । उनी र प्रजापति पराजुलीले सुरुवात गरेको तिज गीतमा पुरुष आवाज राखिने चलनले अहिले ब्यापकता पाएको छ । हिजो आजको प्राय सबै गीतमा पुरुष आवाज र अभिनयले ब्यापकता पाउनुको श्रेय पनि गायक पुरुषोत्तम न्यौपानेलाई नै जान्छ । त्यो हुँदा पनि उनको एकल साँझमा कुनै पुराना तिज गीत गाईने अनुमान पनि दर्शकको छ ।

 

कार्यक्रमबारे थप जानकारी

Date:
Sunday July 23, 2017 (7 PM to 9 PM)

Venue:
Yak & Yati Restaurant
8665 Sheridan Blvd,
Westminster, CO 80003

प्रवेश:
Free Entry with Dinner

गायक न्यौपानेका गीतहरु:

https://www.youtube.com/watch?v=W1KAO2svNug

प्रतिक्रिया