अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

कोलोराडोमा एकै दिन नयाँ वर्षका तीन कार्यक्रम हुने

बिआरटीनेपाल २०७३ चैत २० गते १७:२४ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, अमेरिका ।

अमेरिकाको कोलोराडो राज्यमा नेपाली नयाँ वर्षको अवसर पारेर तीन फरक संस्थाले एकै दिन तिन फरक ठाउँमा कार्यक्रम गर्दैछन । यस ठाउँमा नेपाली तथा नेपाली भाषी भुटानिजहरु गरेर करिब २०,००० भन्दा बढी छन् भन्ने अनुमान गरिन्छ भने नेपालीहरूको सेवा गर्ने भनेर एक दर्जन भन्दा बढी सामाजिक संस्थाहरू समेत स्थापना भएका छन् । नियमित रूपमा नेपाली सांस्कृतिकको जगेर्ना गर्ने हेतु कोलोराडोमा रहेको सबभन्दा पुरानो संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले नियमित रूपमा नेपाली नयाँ वर्ष, दसैँ तिहार शुभकामना साँझ आदी गर्दै आएको छ । तर यो वर्ष हुने नेपाली नयाँ वर्षको कार्यक्रममा एकै दिन अरू दुई संस्थाको कार्यक्रम पनि थपिन गएको छ । 

बिआरटी नेपालले यसै विषयमा बोल्डर स्थित सी-यु नेपलिज स्टुडेन्ट एसोसीएसन अफ क्याम्पस को-अर्डिनेटर कुशलता सुबेदीसंग सम्पर्क गर्दा “हाम्रो कार्यक्रम नेपाल नाइटको एक वर्ष अगाडि नै कलेजले दिएको समय हो किनभने त्यो कार्यक्रम हुने बल रुम लिन हामीले एक वर्ष अगाडि नै बुक गर्नु पर्छ, हामीले युनिभर्सिटीले दिएको दिनमा कार्यक्रम गर्नु पर्छ, हामी अब परिवर्तन गर्न सक्दैनौ” उनी बताउछिन । बोल्डरमा हुने कार्यक्रममा अतिथि गायकको रूपमा नेपाली गायक रोहित जोन छेत्री आउँदैछन् । उनको जानी जानी, सपनीमा, तिमी नै प्रख्यात गीतहरू युट्युबमा पनि हेर्न सकिन्छ । 

त्यसै गरी अप्रिल १५ शनिवारकै दिन अर्को कार्यक्रम रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले गर्दैछ । किन एकै दिन तीन कार्यक्रम हुँदैछ तपाईँहरूले अर्कै दिन गर्न मिल्दैन भनेर पब्लिक रेलिसन अफिसर टिका पौडेललाई बिआरटी नेपाल सम्बादाताले गरेको प्रश्नमा “हामीले भोलि पल्ट आइतबार बेलुका अनि अर्को हप्ता शनिवार पनि गर्ने कोसिस गरेका थियौ तर कार्यक्रम गर्ने स्थान उपलब्ध हुन सकेन । त्यही भएर अप्रिल १५ मा नै गर्ने भनेर हाम्रो कार्यसमितिबाट निर्णय भएको छ, यसबाट पर्न गएको असुबिधा प्रति रक्की माउन्टेन कोलोराडोबासी नेपाली प्रति क्षमा माग्दछ” भनेर भनेका छन् । उक्त कार्यक्रममा नेपाली गजल गायक नरेन्द्र प्यासी आउने जानकारी पौडेलले दिएका छन् । 

(परेडका पुराना तस्बिरहरु)

स्मरण रहोस् अप्रिल १६ आइतबार मध्यान्न १२ बजे बोल्डरमा नेपाल डे परेड पनि हुँदैछ । यो पटक देखी रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले गर्न्न थालेको छ । उक्त कार्यक्रममा कोलोराडोबासी नेपालीहरू आफ्नो आफ्नो संस्कृति झल्कने पोसाकमा उपस्थित हुन रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले अनुरोध गरेको छ । 

नेपाली भाषी भुटानिजहरुको सुगम सङ्गीत साँझ नाम दिएको तेस्रो कार्यक्रम हुँदैछ । जसमा भोकलमा किशोर सिवाकोटी र टेक दुतराज छन् भने कि-बोर्डमा गणेश गजमेर, बासुरीमा सर्बजित राई, तबलामा दिनेश शङ्कर आदिको मुख्य भूमिका रहने उक्त कार्यक्रम साँझ ६ बजे देखी अरोरामा स्थित बोस्टन के-८ मिडल स्कुलमा भइरहेको छ । उक्त कार्यक्रममा प्रत्यक्ष प्रदर्शन गरिने भएको जानकारी आयोजकले दिए । कार्यक्रमको स्थान बुक पहिले नै भएको र परिवर्तन गर्न नमिल्ने हुनाले त्यसै दिन गर्नु परेको आयोजक पक्षले भनेको छ । 

प्रतिक्रिया