स्याङ्जाको चापाकोट–९ घर भएकी चापाकोट नगरपालिकाकी १८ वर्षीया रेजिना डोटेल वेपत्ता भएकी छिन् । उनी विगत १० दिनदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । काठमाण्डौंको गोल्डेन गेट कलेज पढ्ने रेजिना काठमाडौंको बसुन्धारामा बस्दै आएकी थिइन ।
उनी १० दिनदेखि पारिवारीक सम्पर्कमा नरहेको आमा सरस्वती डोटेलले बताउनुभयो । परिवारका अनुसार रेजिना भदौ ७ गते पुल्चोक इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएकी थिइन । ‘त्यसपछि अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन’आमाले भन्नुभयो, ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।’
यसैवीच, काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखराको बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो । झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तले खोजी गरिरहेका छन् ।