अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

नेपाल वायु सेवा निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ६:४३ मा प्रकाशित

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ९ एन–ए–के–एक्स जहाज इजरायलमा मर्मत गराएर काठमाण्डाै ल्याइएको छ । इजरायलमा मर्मत सकेर ल्याइएको जहाज हिजो बेलुकी काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच गर्दा अन्य प्राविधिक समस्याका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियर एवम् प्राविधिकहरूको प्रतिवेदनअनुसार बजारमा त्यससँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतमा केही ढिलाइ हुन पुगेको प्रवक्ता पाैडेलले बताउनुभयाे ।

जहाज मर्मतमा इजरायलमा रहेकाे नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार पनि व्यक्त गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू