अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

इलाममा २ वटा वडाकाे मत गनिसक्दा कांग्रेसका खड्काकाे अग्रता कायमै

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ५:५८ मा प्रकाशित

इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाकाे मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेकाे छ ।फाकफोकथुम गाउँपालिका–१ र २ को २ हजार ८ सय ३६ मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ सय ९ मत प्राप्त गर्नुभएको छ । हिजाे शनिवार भएको उपचुनावमा ६९ हजार २ सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए । उपचुनावमा १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू