अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

शान्ति सम्झौताका दश वर्ष र मानव अधिकार अवस्था सम्बन्धमा आयोगद्वारा पत्रकार सम्मेलन

बिआरटीनेपाल २०७३ मंसिर ५ गते ११:१९ मा प्रकाशित

विस्तृत शान्ति सम्झौता र मानव अधिकारको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले जानकारी गराएको छ । आईतवार आयोगको कार्यलय हरिहरभवनमा पत्रकार सम्मेलन गरि विस्तृत शान्ति सम्झौताका दश वर्षः मानव अधिकार अवस्था शिर्षकको संक्षीप्त प्रतिबेदन सहित आयोगले बितेको १० बर्षको अवधिमा मानव अधिकार अवस्था, आयोगको अनुगमन र आयोगमा दर्ता भएका उजुरी माथीको अनुसन्धानबाट प्राप्त तथ्यहरुको बारमा जानकारी गराएको हो ।

SONY DSC

स्थापनाकालदेखि मानव अधिकारको संरक्षण तथा संवद्र्धनमा क्रियाशील रहँदै आएको रााष्ट्रिय मानव अधिकार आयोगले १० बर्षको अवधीमा भएका कामहरुको छुट्टा छुट्टै शिर्षक र उपशिर्षकमा तयार पारेको प्रतिवेदन पेस गरेको थियो । आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले प्रस्तुत गरेको प्रतिवेदनमा २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताबारे स्मरण गराउँदै शान्ति सम्झौताका सकारात्मक परिणाम, वैयक्तिक मयार्दा तथा स्वतन्त्रताको अधिकार, महिला तथा बालबालिकाको अधिकार, दण्डहिनता, बारुदी सुरुङ्ग, युद्धको समाप्ती, आन्तरिक बिस्थापन, बलपूर्वक बेपत्ता लगाएतका काम कारबाहीको बारेमा जानकारी दिनुका साथै यो अवधिमा आयोगले मानव अधिकार संरक्षणका लागि नेपाल सरकारलाई गरेको सिफारिश र सुझावबारे उल्लेख गरिएको थियो ।15178138_1325713337462844_1561187707826109778_n

आयोगका अध्यक्ष अनुप राज शर्मा, सचीव बेद भट्टराई रआयोगका अन्य कर्मचारीहरूको साथै पत्रकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा प्रतिवेदन सम्बन्धमा पत्रकारहरूबाट उठेका जिज्ञासाहरूको जवाफ आयोगका  अध्यक्ष अनुप राज शर्माले दिएका थिए ।

SONY DSC

SONY DSC

15069018_1325713247462853_4997414383001023266_o

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू