अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५
| Colorodo: 15:00
प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आइतबार (पुस १५ गते) हुने भएको छ । संसदीय सुनुवाइ समितिले दिउँसो २ बजे उहाँको सुनुवाइ हुने जनाएको छ ।
समितिमा राणा विरुद्ध ९ वटा उजुरी परेका छन् । तर ती उजुरीहरुमा उनीविरुद्ध दर्जन बढी न्यायिक विचलनको उजुरी छन् । समितिले शुक्रबार १२ बजे उजुरीकर्तालाई डाकेर छलफल गरेपछि १५ गते जबराको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ‘आफूलाई राजा ठान्ने व्यक्ति’ भएकाले प्रधानन्यायाधीशका लागि स्वीकृत नगर्न माग गर्दै उजुरी परेको छ ।