अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

जिल्ला शिक्षा आधिकारीलाई कालोमोसो र जुत्ताको माला

बिआरटीनेपाल २०७४ भदौ १२ गते ३:१५ मा प्रकाशित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् । सोमबार बिहान करिव साढे सात बजे स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएका हुन् ।

जिशिअ पौडेलले विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको भन्दै नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले जानकारी दिए । उनीमाथि हातपातसमेत भएको छ । उनको टाउकोमा चोट लागेको छ । उनलार्इ अस्पताल लगिएको छ ।

एक् प्रत्यक्षदर्शीका अनुसार बैठक हलमा पुगेका ४ \५ जना युवाले सुरुमा जिशिअलाई नमस्कार गर्दै कहिले आउनु भयो भन्ने जिज्ञासा राखेका थिए तर सोधपुछ गदा गर्दै हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्ने भन्दै केही युवाले हातपातका साथै कालोमोसो र जुत्ताको माला लगाएका हुन् । जिशिअले प्रतिवाद गर्दा लछारपछार गर्दै हातपात समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्न केहीको पहिचान भैसकेकाले उनीहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू