अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

देशभर एकसाथ मतदान सुरु : मतदान केन्द्रमा मतदाताको चहलपहल

बिआरटीनेपाल २०७९ वैशाख २९ गते १९:३९ मा प्रकाशित

देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।

मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको सङ्ख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको सङ्ख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू