अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

दुर्गेश थापा तिमी पनि कानुनको दायरामा आउँछौ

उज्ज्वल ठकुरी २०७८ फागुन २३ गते २१:०७ मा प्रकाशित

कुनै पनि मुद्दाको मुचुल्का उठाउँदा कानुनले के भन्छ बुझ्न जरुरी छ । मुलुकी फौजदारी ऐन २०७४ दफा २१९ ले के भन्छ भने कुनै पनि व्यक्तिले महिलाको मन्जुरी बिना महिलालाई करणी गर्छ भने र प्रमाणित गर्न सके कसुर ठहरिन्छ । करणी कुन कुन प्रकार हुन्छ त्यो पनि बुझ्दा गत हिसाबमा एस प्रकार छ । जस्तै उदाहरणका लागि नाता करणी नबलिका करणी आदी इत्यादि धेरै छन् जनताहरू आफै पढ्नु होला काम लाग्छ मैले आँखा खोल्दिएको मात्र हो ।

समीक्षा बैनीको माथि भएको करणी चाहिँ नाबालिका करणी हो । नाबालिका करणी सहमतिमा गर्नुस् कि विमतिमा त्यो स्वतह अपराध हो । यो कानुनले पीडित बालिकाको पक्षमा धेरै शक्ति प्रदान गरिएको छ । वालिका माथि कुनै प्रश्न उठाउनै नमिल्ने कानुन हो यो । नावालिकको सहमतिलाई सहमति लिन मिल्दैन । त्यसैले यो मुद्दा दर्ता गर्न जाँदा पनि एक जना परिवारबाट अभिभावक जानु जरुरी हुन्छ । नावालिका भएको कारण र अभिभावक साथमा नभएको कारण प्रहरीले पहिलो मुद्दा दर्ता गर्न नमानेको हुनसक्छ ।

यो कानुन नेपालका आउरे भाउरेले बनाएको कानुन हैन । यो कानुन नेपाल देश लगायत विश्व राष्ट्रसँगको मिलेमतोमा बाल बालिका र उनका अधिकार प्राप्त गराउन महासन्धि अनुसार नेपाल देश पनि यसको सदस्य भएर हस्ताक्षर गरिएको छ । नेपाल देशको भौगोलिक स्थिति हेरेर १८ वर्ष मुनिका अवस्थालाई नाबालक अवस्था भनिन्छ ।

अब ध्यान दिनु पर्ने कुरा के भने करणी भएको एक वर्ष सम्म किन मुद्दा हालिएन त ? यहाँ कानुनले समीक्षा बैनीको आज सम्मको उमेर १५ वर्ष ८ महिनाको देखिन्छ । अब कानुनले के भन्छ भने १८ वर्ष मुनिको बाल बालिकासँग शारीरिक सम्बन्ध राख्नु नै अपराध हो भनिएको छ । १५ वर्ष ८ महिना त के फकाइ फुलाई १७ वर्ष ९ मैना २८ दिन अगि सम्म पनि मुद्दा बाल मुद्दा करणी हुन जान्छ ।

त्यो मात्र नभएर यो कानुनले के भन्छ भने १८ वर्ष मुनिका बाल बालिकालाई गलत काममा प्रयोग गरिन्छ भने । गलत काम सिकाउँछ र गलत कुरा भन्न सिकाउँछ भने त पनि अपराध हो र उनीहरू पनि उम्कन पाउँदैन ।

अब प्रस्टसँग उमेर प्रमाणित भएको कुरा के भने राज्यले समीक्षा बैनीलाई दिएको जन्म दर्ता नागरिकता स्कुल प्रमाण पत्र र वहाँको परिवारले वहाँलाई दिएको जन्म हेर्दा खेरी बैनीको जन्म मिति २०६२ साल ३ गते हो भनेर पुस्टी गर्छ । अब समीक्षा बैनीको करणी भएको उमेर हेर्दा खेरी १५ वर्ष ८ महिना देखिन्छ र स्वतह उनीमाथि करणी गर्ने व्यक्ति पनि अपराधी र बाल बालिकालाई नाजायज कुरा सिकाउने पनि अपराधी प्रमाणित हुन जान्छ ।

अब यहाँ पैसाको चल-खेलको कुरा देखियो । दुर्गेशले पैसा कुरासँग सँगै त्यसको सबै धन सम्पत्ति तेरो भनेको सुनिन्छ । समीक्षा बहिनिले मलाई पैसा हैन पल भए पुग्छ भनेको अवस्थामा दुर्गेशले म पनि तँलाई माया गर्छु । बयान नफेर । बयान फेरिस् त चैट बयान फेरिनस् भने पल शाह चैट भनेर एउटा नाबालिगकालाई परिबन्द र धम्की दिएको देखिन्छ र समीक्षा बैनी धेरै नै पीडित अवस्थामा देखिन्छ । यो सबै कुरा र स्वर प्रमाणित भए दुर्गेश पनि बच्न नसक्ने देखिन्छ । अर्को कुरा के भने नावालिकसँगको सम्बन्ध दुर्गेशको तिमीलाई पनि थाहा रहेछ र फलाम तातेको बेला घनले हानेको प्रमाणित हुन् सक्छ । अर्को के भने दुर्गेश आफैले भनेको छ विवाह गर्ने कुरा नमिलेसी यो सबै भएको हो । कानुनले के भन्छ भने १८ वर्ष मुनिका बालिकासँग आमा बाबुको सहमतिमा पनि विवाह गर्न मिल्दैन । कुन कानुन प्रयोग गरेर दुर्गेशले पैसाको चल खेल गर्न खोज्यो ? के कानुन र प्रहरीले दुर्गेशलाई छोड्ला त ?

अब पल शाहसँगै दुर्गेश किन फस्छ भने ? कानुनको अर्को दरिलो व्याख्या के छ त भन्दा । १८ वर्ष भन्दा मुनिका बाल बालिकालाई गलत बाटोमा जान सिकाउनु र फकाइ फुलाई धम्क्याइ र परिबन्दमा पारी भिडियो अडियो बनाउन सिकाउनु र कुनै पनि अनैतिक कार्य गर्न सिकाएर त्यो नबलिकाको भावनाको शोषण गर्न खोज्ने प्रत्येक व्यक्ति अपराधी देखिन्छ र कानुनको फन्दामा फस्छ । यस्तो किसिमको क्रियाकलापलाई मेल मिलाप करणी मतियार भनिन्छ । मतियार करणी गर्नेहरूलाई पनि ३ वर्षको जेल सजाए तोकिएको छ । यो करणी मेलमिलाप मतियार मुद्दामा दुर्गेश लगायत सङ्लग्न सबै मुछिन सक्ने देखिन्छ । अमेरिकामा भए सबै समाती सक्थे । बाल बालिकालाई प्रयोग गरेर एक करोड फिरौती माग्नु जघन्य अपराध देखिन्छ ।

नेपालमा जे कुरामा पनि आन्दोलन गर्छ । प्रस्ट कुरा नबुझी पक्ष विपक्ष उभिन खोज्छ । यो गलत हो । बाल बालिका माथि यस्तो जघन्य अपराध भई राखेको बेला आन्दोलन हैन कानुन र प्रहरीलाई काम गर्न दिनुस् । आन्दोलनले कानुन बद्लिने हो र ? हामी न्याय माग्छौ तर न्यायको ढोका खोल्नु अघि बन्द गर्न खोज्छौ । ठिक छ निर्दोष नफसोस् तर यहाँ नबालिका बाहेक कोही निर्दोष देख्दिन । त्यसैले आन्दोलन हैन प्रहरी र कानुन आजबाट यो मुद्रामा बलियो बन्न दिनुस् । आन्दोलन त पीडितले न्याय पाएन भने न्याय पाउन गर्ने हो । नेपाली जनताहरू राम्ररी हेर्नुस् त ती नबालिका कति पीडित छिन । बिचरा त्यो मेरो छोरी जस्तै छे । उसको भविष्य बरबाद पारिएको छ । कुरा महिलाको पक्ष र महिलाले न्याय पाउने पुरुषले नपाउने कुरा हैन । तपाईँ हाम्रो १८ वर्ष मुनिको नबालिका छोरीले न्याय पाउने कि नपाउने कुरा । आज यो कानुन दरो भएन भने र समीक्षा बैनीले न्याय पाएन भने भोलिको दिन कसैको पनि नबालिका छोरीले न्याय पाउने वाला छैन । कृपया कानुन बलियो बन्न दिनुस् ।


* ९ चोटि विश्व कीर्तिमान

प्रतिक्रिया