अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

भारतले नै ओली देश भक्तिको पक्का सबुत दियो

उज्ज्वल ठकुरी २०७७ असार २७ गते १०:०९ मा प्रकाशित

भारतीय मिडिया जी न्युजको विहार–झारखण्ड संस्करणले प्रधानमन्त्री केपी ओली र चिनिया राजदूतको बारेमा जुन तथ्यहीन र गलत समाचार बनायो त्यो निन्दनीय छ । यो समाचारले प्रधानमन्त्री ओली देश भक्त र बफादार हुनुको सबै भन्दा पक्का सबुत हो । देश भक्त प्रधानमन्त्रीको विषयमा जे पाए त्यही बोल्ने त्यस्ता मिडियाहरूलाई घृणा गर्नुपर्छ । नेपालका प्रधानमन्त्री केपी ओली प्रति हाम्रा धेरै असन्तुष्टिहरू होलान्, छन् तर उनी हाम्रो देशका प्रधानमन्त्री हुन । बाहिरी देशले केपीलाई होइन नेपालको देश भक्त प्रधानमन्त्री प्रति धावा बोलिरहेको छ । हामी एक अपसमा सैद्धान्तिक असहमति राख्छौ लड्छौ, भिड्छौ त्यो हाम्रो देशको संवैधानिक अधिकारको कुरा हो तर एउटा ईतिहास देखी स्वाधीनतामा रहेको स्वतन्त्र मुलुक नेपालप्रति १९८ वर्ष उपनिवेश खेपेको मुलुक हिँडियाले आफ्नो दीन हीन विगत बिर्सेर विभिन्न मुद्दाहरू कथि मत्स्य न्याय गर्नु कायरता हो । यो कदापि क्षमा योग्य पनि हुँदैन ।

भारत र चिन सदैव ब्रिटिसको गुलाम बन्यो इनको सोच गिरेको गुलामी सोचले आज सम्पूर्ण नेपालीलाई जगाएको छ । यो हर्कतले भारतको काम नै सानो देशहरूमा हैकम जमाउने घृणित प्रदूषण देखिन्छ ।

एक देश भक्त प्रधानमन्त्री माथि हावामा धावा बोल्ने र नेपाल देशमा अशान्ति फैलाउने दल दलेहरुको जमातलाई म के भन्छु भने यिनीहरू हिजडाको जमात हुन । यस्ता कुरा अब नेपालीहरूले नेपाली जनताहरूले प्रधानमन्त्री ओली देश भक्त हो भन्ने कुरा प्रशस्तै बुझी सके । भारतको मेडियाको काम नै नेपालमा देश भक्त जन्मन नदिनु र असन्ती फैलाएर देश भक्त समाप्त पार्ने खेल उत्पन्न गर्नु हो । अब नेपालीहरू लडेर हैन एक जुट भएर देश बनाउन तिर लाग्नुपर्छ । यो लेखमा धेरैले भन्लान् यति सारो केपी ओलीको गुन गान नगाउनुस् । म देश भक्त खेलाडी हुँ । जसले देशको सम्मान गर्छ म उसको सम्मान गर्छु चाहे त्यो नेपाली काँग्रेस होस् राजावादी या एमाले ।

प्रधानमन्त्री ओलीले देशको टुक्रा फिर्ता गर भन्दा । खाना खान दिएको थाल नै लुट्न खोज्ने भारतीय कपुत मिडियालाई यो सानो जवाफ मात्र हो । जय देश जय मातृ भूमि ।

 

*उज्ज्वल ठकुरी
५ विश्व कीर्तिमान

प्रतिक्रिया