अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

कोरोना बिरामीले आईसीयू र भेन्टिलेटर फेरि भरिन थाले, सीसीएमसीको बैठक बस्दै

बिआरटीनेपाल २०७८ साउन १५ गते २:०४ मा प्रकाशित

कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू