अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

सरकारले राजस्व र खर्चको लक्ष्य घटायो

बिआरटीनेपाल २०७६ माघ २९ गते ७:२१ मा प्रकाशित

सरकारले विगत ६ महिनामा उल्लेख्य प्रगति हुन नसकेपछि गत जेठ १५ मा ल्याएको बजेटको आकार घटाउदै नयाँ लक्ष्य निर्धारण गरेको छ । अर्थमन्त्री युवराज अतिवडाले बुधबार बजेटको मध्यावधी समिक्षा गर्दै राजस्व संकलन, वैदेशिक सहायता तथा ऋण र खर्चको पूर्ववत् लक्ष्य संशोधन सार्वजनिक गर्नुभएको छ ।

सरकारले यस वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएकोमा आ.ब ९.६ प्रतिशतले घटाउँदै नयाँ लक्ष्य निर्धारण गरेको हो । नयाँ लक्ष्य अनुसार चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ९ लाख रुपैयाँ खर्च हुने अनुमान छ । जुन रकम विनियोजन गरेमध्ये ९४.५ प्रतिशत मात्रै हो । राजस्व पनि पहिले निर्धारण गरे अनुसार संकलन नहुने भन्दै यो पनि घटाइएको छ । राजस्व संकलनको सुरु अनुमानको ९५.६ प्रतिशत मात्रै हुने जनाएको छ ।

नयाँ लक्ष्य अनुसार राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ जुटाउने जनाइएको छ । वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको छ । आर्थिक वृद्धि दर भने पहिलेकै लक्ष्य नजिक पुग्ने खतिवडाको दाबी छ । यस वर्षको बजेटले ८.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू