अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

सभामा उपस्थित भइ जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

बिआरटीनेपाल २०८० चैत १६ गते ५:३९ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भइ जवाफ दिन निर्देशन दिनुभएको हो । निर्देशन दिँदै उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरुले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरुका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भइ जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू