अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

सेनाले गरिरहेका विकास निर्माणका काम चित्त बुझ्दो तरिकाबाट नभए एक्शनमा जान्छु : रक्षमन्त्री उप्रेती

बिआरटीनेपाल २०८० चैत १४ गते ७:०५ मा प्रकाशित

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काममा चित्त बुझ्दो तरिकाबाट काम नभए एक्शनमा जाने बताउनुभएको छ ।बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षमन्त्री उप्रेतीले यस्तो बताउनुभएको हो ।

रक्षामन्त्री उप्रेतीले नेपाली सेनाले काम गरिरहेका केही आयोजनाहरुको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरु दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताउनुभयो । उहाँले नेपाली सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताउनुभयो ।

रक्षामन्त्री उप्रेतीले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरु आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताउनुभयो । उहाँले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएको कारणले पनि विकास निर्माणका काममा केही ढिलाइ भएको बताउनुभयो । विकास निर्माणमा अब अवरोध हुनेरगर्ने छुट आफूहरुलाई नरहेको बताउनुभयो । सेनालाई विकास निर्माणका काममा नदीजन्य पदार्थले अवरोध गरेको हो भने रस्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्ने बताउनुभयो । उहाँले व्यापारीको कन्टेनरको पछि फास्ट ट्रयाकको इक्वीपमेण्टहरु लागेर फास्ट ट्रयाक बन्न नसक्ने बताउनुभयो ।

मन्त्री उप्रेतीले ‘बरु भुसको रोटी खान्छु तर देश बनाउँछु’ भन्ने प्रतिवद्धतासहित लाग्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू