अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

विश्वकप छनोट : नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दै

बिआरटीनेपाल २०८० चैत १३ गते ६:११ मा प्रकाशित

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा शुरु हुनेछ ।यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको थियो । दशरथ रंगशालाको अवस्था खराब भएका कारण होम अर्थात घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनमै खेल्नुपर्ने भएको हो ।

अघिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट आज नखेल्ने भएका छन् । यस्तै यसअघिका दुई वटा खेलमा पहेँलो कार्ड पाएका मनीष डाँगी पनि आज खेल्ने छैनन् । समूह ‘एच’ मा सबै तीन खेल जितेको यूएई नौ अंकसहित शीर्ष स्थानमा छ । बहराइन छ अंकसहित दोस्रो स्थानमा, तीन अंकसहित यमन तेस्रो स्थानमा र सबै तीन खेल हारेको नेपाल अंकबिहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया