अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

एसीसी प्रिमियर कपमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ६:५९ मा प्रकाशित

एसीसी प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो ।यो जितसँगै चार खेलबाट ८ अंक जोडेको नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । पराजित भएको साउदी प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा पूरा ग¥यो ।

वर्षाका कारण ढिला सुरु भएको खेल ८ ओभरमा झारिएको थियो । खेलमा नेपालका गुल्सन झाले ३२, दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहितकुमार पौडेलले १७ रन बनाए । साउदीका इस्तिक अहमदले दुई तथा उस्मान नजिब र वाजी अल हसनले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ७३ रन जोडेको थियो । साउदीका अब्दुल वाहिदले ३७ रन बनाएका थिए अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका अविनाश बोहरा र करण केसीले दुई–दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले एक–एक विकेट लिएका थिए । यसअघिका खेलमा नेपालले मलेसिया, कतार र हङकङलाई हराएको थियो । साउदी पराजित भएसँगै हङकङ समूह उपविजेता बन्दै सेमिफाइलनका लागि छनोट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू