अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन

बिआरटीनेपाल २०८० चैत ९ गते ५:४७ मा प्रकाशित

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुरु भएको छ । ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आजदेखि काठमाण्डाैमा शुरु भएको हो ।महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालले संयुक्तरूपमा सम्मेलन आयोजना गरेको सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो ।

सम्मेलनमा न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल हुनेछ । भोलिसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकासलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ । सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू