अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

चौबिसै घण्टा खुल्न थाले नेपाल प्रहरी र सशस्त्रका पेट्रोलपम्प

बिआरटीनेपाल २०८० चैत ८ गते ६:२७ मा प्रकाशित

अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका देशका सबै पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको निर्देशनअनुसार पेट्रोलपम्प चौबिसै घण्टा खुला हुने भएका हुन्। गृहमन्त्रीको सचिवालयले चैत ७ गते देखि नै मन्त्रीको निर्देशनअनुसार पम्पहरू खुला गरिएको जानकारी दिएको छ।

लामिछानेको निर्देशनअनुसार नेपाल प्रहरीले प्रधानकार्यालय नक्सालमा रहेको पेट्रोलपम्पसहित देशभरका ५ वटै खुला रहने नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलले प्रधानकार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोलपम्प चौबिसै घण्टा खुला गर्न थालिएको छ। निजी पेट्रोलपम्प पनि चौबिसै घण्टा सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू