अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

महरासँग सरकारी वकिल कार्यालयले बयान लियो

बिआरटीनेपाल २०८० चैत ८ गते ५:५७ मा प्रकाशित

सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरासँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बयान लिएको छ। बुधबार महरासँग बयान सुरु गरेको सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार पनि निरन्तरता दिएको हो। महरा ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा सिआइवीले पक्राउ गरेर चार दिन अनुसन्धानको म्याद लिएको छ। उहाँलाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो।

उहाँमाथि चाँडो अनुसन्धान सकेर मुद्दा दायर गर्ने तयारीमा सिआइवी र सरकारी वकिल कार्यालय लागेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीले भनेका छन्, ‘अनुसन्धान सकेर मुद्दा चाँडो अदालतमा पेश गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौँ।’

गत वर्ष पुसमा विद्युतीय चुरोट (भेप)लुकाएर ९ किलो सुन ल्याएको र त्यसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छुटाउन तत्काली भन्सार प्रमुख किरण पोखरेललाई फोन गरेको सिआइवीको अनुसन्धान रिपोर्टमा उल्लेख छ। पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको सुन तस्करी छानबिन आयोगले पनि महरामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। त्यसैको आधारमा उहाँलाई पक्राउ गरिएको हो। ९ किलो सुन तस्करी प्रकरणमा गत भदौ १३ महराका छोरा राहुल पक्राउ परेर पुर्पक्षका लाथि थुनामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू