अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारुसलाई सहभागी नगराइने

बिआरटीनेपाल २०८० चैत ७ गते ८:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा रुस र बेलारुसलाई सहभागी नगराउने निर्णय गरेको छ। दुवै देशका खेलाडीहरूलाई २०२२ देखी अन्तर्राष्ट्रिय सहभागिता बन्द गरिएको थियो।रुसले युत्रेनमाथि २०२२ मा आक्रमण गरेयता खेलकुदमा समेत रसिया र बेलारुसलाई प्रतिबन्ध लगाउँदै आइएको छ।

यद्यपि खेलाडीहरूलाई रसिया र बेलारुसको झण्डामुनि नभइ ओलम्पिकमा छनोट भएका खेलाडीलाई न्यट्रल रूपमा सहभागिता जनाउन भने पाउने जनाइएको छ। साथै उनीहरूको समापन समारोहको सहभागिता हुन नहुने तय भने पछि गरिने जनाइएको छ।आइओसीले उनीहरूले व्यक्तिगत खेलाडीहरू भएको भन्दै उनीहरूलाई व्यक्तिगत रूपमा कार्यक्रमको अनुभव र अवसर प्रदान गरिने जनाइएको छ। अहिलेसम्म रसियन पासपोर्टबाहकहरू १२ जनाले छनोट चरण पार गर्दै पेरीस ओलम्पिकको टिकट पक्का गरेका छन्। त्यस्तै, बेलारुसको पासपोर्टबाहकहरू ७ जना रहेका छन्।

यद्यपि उनीहरू तटस्थ रूपमा सहभागी हुनेछन्। उनीहरू पेरिस ओलम्पिकमा झण्डा, लोगो तथा आफ्नो देशको राष्ट्रिय गीतबिना प्रतिस्पर्धा गर्ने छन्।

 

प्रतिक्रिया