अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

आयरल्यान्ड वल्भेस र मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

बिआरटीनेपाल २०८० चैत ७ गते ८:०५ मा प्रकाशित

नेपालले आयरल्यान्ड वल्भेस र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपालले आयरल्यान्डसँग नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दा भापी गुजरातमा गएर भारतको राज्य स्तरीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

रोहित पौडेलको कप्तानीमा घोषित १५ सदसिय टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र आकाश चन्द रहेका छन्।

नेपालले आगामी २५ मार्चदेखि आयरल्यान्ड वल्भेससँग दुईवटा टी-२० खेल खेल्दैछ। त्यस्तै, नेपाल ‘ए’ ले समान तीन-तीन टी-२० र एकदिवसीय खेल खेल्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया