अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

४ पटकको विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्ड कपको फाइनलमा

बिआरटीनेपाल २०८० फागुन २५ गते ७:१६ मा प्रकाशित

त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ क्लबले चार पटकको विजेता आर्मीलाई १–० गोलले हरायो ।

आर्मी गएको संस्करणको विजेता पनि हो । एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो । नारी दिवसको अवसरमा आज आयोजकले महिलाले निःशुल्क खेल हेर्न पाउने व्यवस्था गरेको थियो ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया