अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

इन्दिरा आईभीएफको नेपालमा पनि आफ्नो केन्द्र स्थापना

बिआरटीनेपाल २०८० पुष १४ गते ७:३३ मा प्रकाशित

भारतमा आईभीएफ अस्पतालको अग्रणी नेटवर्कको रुपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र स्थापना गरेको छ । केन्द्रको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो ।जागरुकताको कमिले बाँझोपनको अवस्था र यसले निम्त्याउने समस्यालाई कम गर्न आईभीएफले नेपालमा पनि आफ््नो सकृयता देखाएको हो ।

केन्द्रले प्रजनन क्षेत्रमा देखिएको समस्यालाई न्यूनिकरणका लागि सल्लाह र सुझाब प्रदान गर्नुका साथै अत्याधुनिक प्रविधिबाट उपचारको व्यवस्था गरेको छ । इन्दिरा आइभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन सम्बन्धि क्लिनिक हो जसको देशभर १ सय २० भन्दा बढी केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू