अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

‘होड’

गोपीराम भण्डारी 'बटुवा' २०८१ जेठ १३ गते १५:०२ मा प्रकाशित

मस्तिनापुरकाे जंगलमा बर्षाैदेखि स्यालको राज थियो । हरेक वर्ष बर्षदिनका लागि स्यालहरूमध्येबाटै हृष्टपुष्ट, बलिष्ठ र बुद्धिमान राजा छानिन्थ्यो । कलाकौशलको स्वतन्त्र प्रस्तुति नै राजा छनौटको प्रकृया थियो। धेरै प्रतिस्पर्धी स्यालले राजा हुने अभिलाषाले चरणगत प्रतिस्पर्धा गरिरहेका थिए ।

एक दिन ढाडेबिरालाेले स्वतन्त्र प्रतिस्पर्धाको रस्साकस्सीमा होमिएका स्यालहरूलाई एक एक गरी भेट्यो र हरेकलाई भन्यो-“तिमीलाई राजा हुन नदिने षड्यन्त्र भइरहेको छ ।” ढाडेद्वारा सम्प्रेषित सूचना सबै स्यालले गम्भीरतापूर्वक मनन गरे । प्रत्येक स्याल अर्को स्याललाई अगाडि बढ्न नदिने चेष्टामा उद्धत भए ।आफूलाई बलियो पार्नुभन्दा अरूलाई कमजोर बनाउनमा समय व्यतीत गरे । छनौटको अन्तिम प्रतिस्पर्धामा स्वतन्त्र कला काैशल प्रदर्शनीहुनुपर्नेमा नर सरी तानातान र हानाहान चर्कियो । भिडन्तको माैकाछाेपी ढाडेबिरालाेले सम्पूर्ण स्यालहरूको नाकमा नत्थी लगायाेे । मस्तिनापुरकाे परम्परागत राजतन्त्र समाप्त गरिदियो । अंश परम्परागत तन्त्र स्थापना गरी ढाडेबिरालाेले राज गर्याे । परनिर्भर स्याल सबै रैती बनेर गैति खने ।