अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

गायक सुगम पोखरेलसँगै कोलोराडोबासी रमे

बिआरटीनेपाल २०८० असोज १ गते २१:५४ मा प्रकाशित

डेनभर, कोलोराडो । नमस्ते इन्टरटेनमेन्ट कोलोराडोको आयोजनामा डेनभरमा ‘नेपालीज म्युजिकल नाइट २०२३’ सम्पन्न भएको छ ।

सो कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, दीपेश किशोर भट्टराई साथै स्थानीय कलाकारहरूले आ-आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए भने सुगम पोखरेल र दीपेश किशोर भट्टराईको धमाकेदार प्रस्तुतिमा दर्शकहरू भरपुर मनोरञ्जन लिएका थिए । पोखरेलले आफ्ना एक दर्जन भन्दा बढी चर्चित गीत गाएका थिए भने भट्टराईले पनि आफ्नो पपुलर गीतहरु गाएका थिए ।

उक्त कार्यक्रममा नेपाली स्टुडेन्ट एसोसिएसन (सीयु बोल्डर) बाट हारमोनिक्स ब्यान्डका भाइहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए । यसरी प्रस्तुति दिनेमा उज्ज्वल सुनुवार -रिदम गिटारिस्ट तथा भोकल, आरोश महर्जन-भोकल, नीत्यज्ञ होडा बास गीतारिस्ट, अप्सन सेन्चुरी-लिड गीतारिस्ट, रिशब पाठक-मादल, नकुल श्रीधर-पियानिस्ट र जनित राजकर्निक-ड्रममा थिए ।

त्यस्तै कोलोराडोको ब्यान्ड लिमिट-३ को पनि प्रस्तुति रहेको थियो । प्रस्तुति दिनेहरूमा ड्रममा जोन जूलाउफ, बेसमा जोनाथन राइट्स, रिदममा सुमित महर्जन, लिड तथा भोकलमा विजय अधिकारी र आकृति राइ अधिकारी थिए ।

कार्यक्रम आयोजकको तर्फबाट स्पन्सर गर्नेहरूलाई टोकन अफ लभ प्रदान गरिएको थियो । त्यसरी टोकन अफ लफ पाउनेहरूमा टाइटल स्पन्सर सुनिल पाठक, को-स्पन्सर हेल्पिङ ह्यन्डस, डाइमण्ड स्पन्सरहरूमा सिटौला ब्रदर्स, गोकुल तिवारी गोल्ड स्पन्सरमा आकृति राई अधिकारी, गङ्गा कोइराला, सिल्भर स्पोन्सोरमा सन्देश पोख्रेल, ओम पोकल, गजेन्द्र कार्की लगायत अन्य म्युजिक स्पन्सरहरू थिए, उक्त कुराको जानकारी आयोजक टिम मध्येका सुशील दाहालले बिआरटी नेपाललाई बताए ।

कार्यक्रमको सञ्चालन ग्रिश्मा गौतम र फिरोज तिमल्सिनाले संयुक्त रूपमा गरेका थिए भने प्रमुख अतिथि नारायण श्रेष्ठले कार्यक्रम सम्बन्धी आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रमको डेकोरसन वेलकम इभेन्टसले गरेको थियो । नमस्ते इन्टरटेनमेन्ट कोलोराडोको यो पहिलो प्रस्तुति थियो । यो टिममा सुमन के.सी, भुवन श्रेष्ठ, सुशील दाहाल, रोशन दाहाल, विप्लव गौली, विजय राज बादल र प्रकाश सिटौला रहेका छन् ।

प्रतिक्रिया