अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

नेयमार साउदी क्लब अल–हिलाल जाने पक्का, वार्षिक १२ करोड नौ लाख युरो तलब

बिआरटीनेपाल २०८० साउन २९ गते ५:४७ मा प्रकाशित

पेरिस सेन्ट–जर्मेइन (पीएसजी) मा रहेका ब्राजिलका फरवार्ड नेयमार साउदी प्रो लिग क्लब अल–हिलालमा जाने पक्का भएको छ । पीएसजीले नेयमारलाई ९० मिलियन अर्थात् नौ करोड युरोमा अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नेयमार अल हिलाल जाने पक्का भएको बीबीसीले जनाएको छ ।

नेयमारले अल हिलालमा हरेक वर्ष १ सय २९ दशमलव ४ मिलियन युरो अर्थात् १२ करोड नौ लाख युरोभन्दा धेरै पारिश्रमिक पाउनेछन् । यो रकम अहिले पीएसजीमा पाएको भन्दा ६ गुणा धेरै हो । नेपालीमा यो रकम १८ अर्ब ८७ करोड रुपैयाँ हुन आउँछ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका थिए ।

अब नेयमारले स्वास्थ्य जाँचसहितका अन्य कागजी प्रक्रिया पूरा गरेर ४८ घण्टाभित्रै अल–हिलालसँग सम्झौता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू