अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

एसिया कप : भारत र पाकिस्तानसँग खेल्ने नेपाली टाेली घाेषणा

बिआरटीनेपाल २०८० साउन २९ गते ५:१४ मा प्रकाशित

नेपाली क्रिकेट सङ्घ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आज साेमवार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक माेन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै नेपालले दाेस्राे खेलमा सेप्टेम्बर ४ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । नेपालले पहिलाे पटक एसिया कप खेल्न लागेकाे हाे ।हरेक समूहका शीर्ष दुई टोली ‘सुपर ४’ मा पुग्नेछन् । ‘सुपर ४’ पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । एसिया कपअघि नेपालले पाकिस्तानकाे कराँचीमा स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ ।

यस्ताे छ नेपाली टिम :

राेहितकुमार पाैडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, साेमपाल कामी, प्रतिस जिसी, किशाेर महताे, सन्दीप जाेरा, अर्जुन साउद र श्याम ढकाल ।

प्रतिक्रिया