अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

अब क्रिकेटमा पनि ‘रेड कार्ड’ !

बिआरटीनेपाल २०८० साउन २८ गते ६:५५ मा प्रकाशित

अब फुटबलमा जस्तै क्रिकेटमा पनि ‘रेड कार्ड’ काे प्रयाेग हुने भएकाे छ ।वेस्ट इन्डिजकाे क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डकाे नयाँ नियम आउने भएकाे हाे । सीपीएलकाे पुरुष तथा महिला दुवै प्रतियोगितामा ‘रेड कार्ड’ को प्रयोग गरिने  जनाइएको छ । यदि कुनै टिमले ताेकिएकाे समयभित्र आफ्नाे काेटाकाे २० ओभर पूरा नगरेमा ‘स्लाे ओभर रेट’ अन्तर्गत याे नियम लागू हुने भएकाे छ । आउँदाे बिहीवारदेखि शुरु हुने प्रतियाेगितामा याे नियम पहिलाे पटक प्रयाेग हुन लागेकाे हाे ।

सीपीएलका प्रतियाेगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ काे नियम लागू गरिएको बताए ।सीपीएल आयाेजककाे नियमअनुसार १८ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएका फिल्डिङ टाेलीकाे एक अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । यसैगरी १९ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएमा फिल्डिङ टाेलीकाे २ अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् ।

यसैगरी २० औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि ‘स्लाे ओभर रेट’ देखिएमा फिल्डिङ टाेलीकाे १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर काे खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् । खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ । यस्ताे अवस्थामा अम्पायरले पहिलाे तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेकाे पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् । कुनै पनि टी–२० खेलमा एक पारी ८५ मिनेटकाे हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटभित्र पूरा हुनुपर्छ ।

प्रतिक्रिया