अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

चार देश सम्मिलित टी–२० सिरिज खेल्दै नेपाली महिला टोली

बिआरटीनेपाल २०८० साउन २७ गते ५:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार देश सम्मिलित टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार मलेसियामा हुने सिरिज आगामी २२ देखि २६ अगस्टसम्म सञ्चालन हुनेछ। मलेसियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङको सहभागिता रहने छ। मलेसियाको वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्दा दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका रहेको छ।

नेपालले पहिलो खेल २२ अगस्टमा हङकङ, दोस्रो खेल २३ अगस्टमा कुवेतसँग खेल्न छ। त्यस्तै, मलेसियासँग २५ अगस्टमा खेल्ने कार्यतालिका रहेको छ। नेपाली टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, र खुशी डंगोल रहेका छन् ।

प्रतिक्रिया