अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

फिफा वरीयतामा नेपाली महिला टाेली १ स्थान तल झर्‍याे

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:०४ मा प्रकाशित

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा खस्किएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेकाे हाे । नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ । यसअघि नेपाल १ सयाैँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औँ स्थानमा र दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, स्पेन छैटौँ र क्यानडा सातौँ स्थानमा छन् । यस्तै ब्राजिल आठाैँ, नेदरल्यान्ड्स नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

प्रतिक्रिया