अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल म्यानमारसँग ५ गोलले पराजित

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:२६ मा प्रकाशित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । नेपाल म्यानमारसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।छनोटको समूह ‘बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको छ, अबका हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया