अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

अनेसास नवरत्न पुरस्कार समितिमा कोलोराडोकी तारा

बिआरटीनेपाल २०८० जेठ २२ गते २०:२३ मा प्रकाशित

कोलोराडो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएकी छन् ।

अनेसासको केन्द्रीय सदस्यसमेत रहकी अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरी नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ । नगद २ सय डलर र सम्मान पत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू