अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलानालाई

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:१७ मा प्रकाशित

स्पेनिस फुटबल क्लब बार्सिलोनाको महिला टोलीले यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।नेदरल्याण्ड्सको आइन्डोभनमा रहेको फिलिप्स स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा जर्मनीको वुल्फवर्ग लेडिजलाई ३–२ ले हराउँदै बार्सिलोना फेमेनियोले उपाधि जितेको हो ।

वुल्फवर्गका पायोर र पोपले एक एक गोल गरेपछि बार्सिलोना खेलको ३७ औं मिनेटमै २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा गुयारो गुटेरेजले दुई तथा फ्रिडोलिना रोल्फोले एक गोल गर्दै बार्सिलोनालाई उपाधि जिताएका हुन् ।

अघिल्लो वर्ष फ्रेन्च क्लब लियोंसँग फाइनलमा पराजित भएको बार्सिलोनाले यसपटक उक्त हारको पिडा भुलाएको छ । बार्सिलोनाले महिला च्याम्पियन्स लिग जितेको यो दोस्रो पटक हो । महिला च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली लियोंले ८ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया