अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:१३ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । उनलाई संघले सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ ।

तर,यो बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन । अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको संघका एक पदाधिकारीले जानकारी दिए । प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप दक्षिण अफ्रिका जान रोकिएका हुन् ।

प्रतिक्रिया