अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

मेस्सीद्धारा पीएसजी परित्याग, अन्तिम खेल शनिबार खेल्ने

बिआरटीनेपाल २०८० जेठ १८ गते ६:५२ मा प्रकाशित

अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट(जर्मेन यसै सिजनपछि छोड्ने भएका छन् । उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने तय भएको छ । पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले आज आयोजित प्रेस मिटमा मेस्सीको बहिर्गमन पुष्टि गरे ।

‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ । मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ । पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ ।’, उनले भनेका छन् । मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका थिए । यस क्लवलाई उनले लिग वानको टाइटल जिताउन सफल भए । यद्यपि, च्याम्पियन्स लिगको उपाधिबाट भने पीएसजी टाढै रह्यो ।

फ्रेन्च मिडियाहरुले मेस्सी फेरी क्याम्प नाउमा फर्किन सक्ने दावी गरेका छन् । तर, बार्सिलोनाले मेस्सीलाई भित्र्याउनका लागि आर्थिक स्रोतमा संघर्ष गर्न सक्ने बताइन्छ । अर्को विकल्प भनेको इन्टरमियामी हो । फिल नेभिलको व्यवस्थापनमा रहेको इन्टरमियामीले मेस्सीलाई आकर्षक प्रस्ताव गरेको बताइएको छ । एसियाली क्लवहरुले पनि उनलाई एप्रोच गरिरहेका छन् । साउदी अरेबियाको अल–हिलाल मेस्सीसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको समाचार पनि आएका थिए ।

प्रतिक्रिया