अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

च्याम्पियन्स लिग स् एसी मिलानमाथि इन्टर मिलानको जित

बिआरटीनेपाल २०८० वैशाख २७ गते २२:२३ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगको मिलान डर्बी भिडन्तमा एसी मिलानमाथि इन्टर मिलानले २(० गोलको जित हात पारेको छ। एसी मिलानको मैदानमा भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो। उसले तीन मिनेटको अन्तरमा दुई गोल गरेको थियो।

खेलको आठौं मिनेटमा जेकोको गोलबाट इन्टरले अग्रता लियो। एघारौं मिनेटमा हेनरिक म्खितारयान इन्टरको अग्रता दोब्बर पारे। पहिलो हाफमा रेफ्री जेसस गिल मान्जानोले इन्टर मिलानलाई पेनाल्टी दिने निर्णय उल्टाएका थिए। उनले परामर्शपछि मार्टिनेजले जानाजान डाइभ हानेको निष्कर्श निकाल्दै पेनाल्टी दिने निर्णय उल्टाएका थिए।

दोस्रो हाफमा एसी मिलानका सान्द्रो तोनालीले बक्समा पाएको अवसर खेर फालेका थिए।यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले एक एक गोलको बराबरी खेलेका थिए। अब दोस्रो लेगअन्तर्गत मिलान क्लबबीच आगामी मंगलबार तथा रियल र सिटीबीच बुधबार राति प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया